नेपाल विकास बजार २०६५ समावेशीपन, विविधता, समानन्याय तथा पारदर्शीताका मान्यताहरुबाट निर्देशित रहनेछ । यसको समग्र प्रक्रियाका बारेमा तल उल्लेख गरिएको छ ।

२०६४ फागुन १९ देखि २०६५ बैशाख १८ गतेसम्म
प्रस्ताव आव्हान
प्रस्ताव चार (४) पानामा नबर्ढाई नेपाली वा अंग्रेजी भाषामा लेख्न सकिनेछ । नेपाल विकास बजारले तोके अनुसारको ढाँचामा नभएको र चार (४) पाना भन्दा बढीको प्रस्ताव अस्वीकृत हुनेछ । विस्तृत प्रस्ताव वा प्रदर्शनी गरिने विवरण नेपाली वा अंग्रेजी भाषामा प्रस्तुत गर्न सकिनेछ । प्रस्तावको नमूना यसै जानकारि पुस्तिका साथ प्राप्त गर्न सकिनेछ र तल उल्लेखित ठाउँहरुबाट पनि प्राप्त गर्न सकिनेछ:

१) सार्वजनिक सूचना केन्द्र विश्व बैंक, नेपाल
२) गरिबी निवारण कोष, नेपाल
३) यस कार्यक्रमको आधिकारिक वेबसाइटः www.ndm.org.np
४) जिल्ला विकास समितिका कार्यालयहरु
५) नगरपालिका कार्यालयहरु
६) एफ् एम् स्टेशनका कार्यालयहरु:

    कान्तिपुर एफ् एम् - पुल्चोक, ललितपुर
    इमेज एफ् एम् - लाजिम्पाट, काठमाडौं
    भ्वाइस अफ् युथ - चावहिल, काठमाडौं
    पोखरा एफ् एम् - चिप्लेढुङ्गा, पोखरा
    सिनर्जी एफ् एम् - भरतपुर, चितवन
    रेडियो र्स्वगद्वारी एफ् एम् - घोराही, दाङ
    इलाम एफ् एम् - इलाम बजार
    रेडियो लुम्बिनी एफ् एम् - आनन्दवन-३, मनीग्राम, रुपन्देही
    रुपाकोट सामुदायीक एफ् एम् - खोटाङ
    कोशी एफ् एम् - हाटखोला - ११, विराटनगर
    दिनेश एफ् एम् - धनगढी, कैलाली
    रेडियो जनकपुर - जनकपुरधाम

२०६५ बैशाख १९ गते देखि २०६५ जेठ १८ गते सम्म
प्राप्त प्रस्तावहरुको मूल्यांकन
सर्वप्रथम प्राप्त सबै प्रस्तावहरुलाई "विकासद्वारा शान्तिलाई सवल पारौं" मूलमन्त्रलाई प्रतिविम्वित गर्ने गरी तोकिएको ढाँचा र लम्बाई अनुरुप प्राप्त प्रस्तावका अन्तर बस्तुहरुको जाँच तथा छानविन विश्व बैंकको नेपाल स्थित कार्यालयका प्राविधिक सहायकहरुबाट हुनेछ । यसरी प्रारम्भिक जाँचबाट छानिएका प्रस्तावहरुलाई मूल्यांकनका लागि निर्धारित परीक्षण विधि अनुरुप जाँच तथा छानविन गर्न प्राविधिक परीक्षकहरुलाई सुम्पिनेछ ।

२०६५ जेठ १९ गते
अन्तिम चरणको प्रतियोगितामा प्रवेश गर्ने विजयी प्रस्तावहरुको घोषणा
प्राविधिक परीक्षकहरुको समूहले मूल्यांकन कार्यशाला मार्फ अन्तिम चरणको प्रतियोगितामा सहभागी हुनका लागि सबैभन्दा बढी अंक पाउने करिब ५० वटा प्रस्तावहरुलाई सुचिकृत गर्नेछ । यसै बिचमा प्रस्तावहरुको पृष्ठभूमिबारे पनिविश्लेषण गरिनेछ ।

२०६५ जेठ २० गते देखि २०६५ असार २ गते सम्म
अन्तिम चरणको प्रतियोगितामा प्रवेश पाएकाहरुबाट विस्तृत प्रस्ताव पेंश गर्ने
अन्तिम चरणको प्रतियोगिताका लागि छानिएका प्रतियोगिहरुलाई विस्तृत रुपमा आफ्नो प्रस्ताव राख्न आग्रह गरिनेछ । प्रस्तावको निर्धारित ढाँचा विश्व बैंक सार्वजनिक सूचना केन्द्र, गरिबी निवारण कोष, नेपाल र आधिकारिक वेबसाइट् www.ndm.org.np बाट प्राप्त गर्न सकिनेछ ।

२०६५ असार १० गते
राष्ट्रिय प्रतियोगिताको आयोजना तथा विजयीहरुको घोषणा
अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने सबै प्रस्तावकर्ताहरुले ज्ञान मञ्च/प्रदर्शनी मार्फ निर्णायक मण्डल समक्ष र सार्वजनिक रुपमा समेत आफ्ना प्रस्तावहरु प्रस्तुत गर्नुपर्नेछ । यस प्रयोजनका लागि निर्णय प्रक्रियाको अन्तिम चरणमा सबैलाई प्रस्तुतीकरणका निमित्त उपयोगी हुने किसिमको ढा“चा, नमूना प्रश्नहरु तथा प्रतिकृतिहरु तयार गरिनेछ । उक्त मञ्चले परस्पर सम्पर्क तथा मूलमन्त्रसँग आधारित सेवा वितरणका बारे विचार विनिमय गर्न उपयुक्त अवसर प्रदान गर्नेछ । प्रतिस्पर्धी प्रस्तावकर्ताहरुलाई आ-आफ्ना नवीन प्रस्तावहरु प्रस्तुत गर्न र त्यस बारेमा अभिरुचि राख्नेहरुसँग अन्तरक्रिया गर्न प्रत्येकलाई छुट्टाछुट्टै प्रस्तुती कक्ष उपलव्ध गराइनेछ । विकासका विभिन्न विधाका अगुवा व्यक्तित्वहरु सम्मिलित निर्णायक मण्डलबाट तोकिएको मूल्यांकन तथा परीक्षणविधि अनुसार निर्धारित प्रक्रियाद्वारा प्रस्तावहरुको मूल्यांकन गरी विजयी प्रस्तावहरु छनोट गरिनेछन् । निर्णायक मण्डलले समारोहको अन्त्यमा आफ्नो निर्णय सुनाउनेछ ।




एन् डि एम् २००५

If you are having problem in viewing UNICODE, click here to download.
Development MarketplaceSociety of Economic Journalists-Nepal
© नेपाल विकास बजार २००८ । सर्वाधिकार सुरक्षित । योमरी द्वारा निर्मित ।