प्रस्तावहरुको मूल्यांकन निम्न विधि अनुसार गरिनेछ :

सिर्जनशीलता
प्रस्तावित परियोजनामा आधारभूत सेवाहरु पुर्‍याउने काममा देखापर्ने चुनौतीहरुलाई प्रचलित तौरतरिका भन्दा भिन्नै नौलो अवधारणा अनुरुप संबोधन गरिने कुरा परिलक्षित हुनुपर्नेछ । विद्यमान प्रयासहरुमा विस्तार गर्ने उद्देश्य राख्ने प्रस्तावहरु प्रतियोगितामा सामेल हुन सक्ने भए पनि प्रस्तावित परियोजनाको प्रारुप वा कार्यान्वयनका तरिका विद्यमान वा चालु परियोजनाको भन्दा मौलिक रुपमा नै नौलो हुनुपर्नेछ ।

सहकार्य
प्रस्तावित परियोजनाले सहकार्यलाई स्थापित गर्न सघाउ पुर्‍याउनु पर्नेछ । यसको अर्थ प्रस्तावित परियोजनामा सरकारका निकायहरु, स्थानीय निकाय तथा नगरपालिकाहरु, सामुदायिक समूहहरु, दाताहरु, शैक्षिक/प्राज्ञिक प्रतिष्ठानहरु, निजी क्षेत्र र नागरिक समाजसँग सम्बद्ध संगठन जस्ता विभिन्न संघ-संस्थाहरुलाई परियोजनाको कार्यान्वयन र कार्यप्रगतिमा साझेदारका रुपमा संलग्न गराइनु पर्नेछ ।

स्थायित्व
पुरस्कार स्वरुप प्राप्त अनुदान रकम प्राप्त हुन छोडेपछि परियोजनाको संचालन निरन्तर रुपमा जारी राखी कसरी त्यसबाट उपलब्धि हासिल भइरहने हो सो कुरा प्रस्तावमा खुल्नु पर्नेछ ।

अनुकरणीय हुनुपर्ने
प्रस्तावित परियोजनाहरुलाई देशका अन्य भागहरुमा अनुकरण गरी अपनाउन सकिने विशेषता हुनुपर्नेछ । समान किसिमको अवस्था रहेका ठाउँहरुमा परियोजना सम्बन्धी उपायहरुलाई अन्य संघसंगठनहरुले चाहेमा कार्यान्वयन गर्न सक्ने खालको हुनु अनिवार्य छ ।

प्रभावकारिता
प्रस्तावित परियोजनाले बाह्र (१२) महिनाको अवधि भित्रै लक्षितवर्गलाई भौतिक लाभ पुर्‍याउन सक्ने क्षमता देखाउनु पर्नेछ । यस्तो परियोजना महत्वाकांक्षी देखिए पनि उपलब्ध रकम तथा कार्यान्वयनको छोटो समयावधिलाई दृष्टिगत गरि वास्तविकतामा आधारित हुनुपर्नेछ ।

मितव्ययिता
परियोजनामा उपलब्ध अनुदानलाई प्रभावकारी तरिकाले उपयोग गर्ने उपायहरु प्रस्तावित गरिनुका साथै परियोजनाको प्रक्षेपित प्रतिफल पुरस्कारस्वरुप प्राप्त हुने अनुदान रकमको आकार अनुरुपको हुनु पर्नेछ ।

प्रस्तावमा थप प्रभावकारिता पुर्‍याउने बुँदाहरु :

न्यायसंगत लाभ
योजनाबाट प्राप्त उपलब्धि व्यापक क्षेत्रमा पुग्नु पर्दछ । त्यो कुनै वर्ग विषेश वा सचेत व्यक्तिहरुमा सीमित नरही समुदायमा विस्तारित हुनुपर्नेछ । त्यसलाई व्यक्तिगत लाभ लिने व्यवसाय बनाइनु हुदैन ।

समावेशी बनाउने
यसमा लैङ्गिक समानताका साथै स-शक्तिकरणलाई समावेश गरिनु पर्दछ र नयाँ अवसर सिर्जना गरी सहभागीहरुको जीवनस्तर उठाउने गरी प्रस्ताव निमार्ण कार्यान्वयन र उपलब्धि प्राप्त हुनुपर्नेछ ।

पुनः स्थापना
द्वन्द्वका कारण विस्थापित जनसंख्यालाई पुनः स्थापना



एन् डि एम् २००५

If you are having problem in viewing UNICODE, click here to download.
Development MarketplaceSociety of Economic Journalists-Nepal
© नेपाल विकास बजार २००८ । सर्वाधिकार सुरक्षित । योमरी द्वारा निर्मित ।