Nepal Development Marketplace


समयावधि तथा प्रतियोगिताका विभिन्न चरणहरु

नेपाल विकास बजार २०६२ समावेशीपन, विविधता, समन्याय तथा पारदर्शीताका मान्यताहरुबाट निर्देशित रहनेछ । यसको समग्र प्रक्रियाका बारेमा तल उल्लेख गरिएको छ ।

२०६१ कात्तिक १६ गते देखि २०६१ पुस १६ गतेसम्म
प्रस्ताव आव्हान


प्रस्ताव २ (दुई) पानामा नबर्ढाई नेपाली वा अंग्रेजी भाषामा लेख्न सकिनेछ, अन्यथा प्रस्ताव अस्वीकृत हुनेछ । यस्तै विस्तृत प्रस्ताव वा प्रर्दशनी गरिने विवरण नेपाली वा अंग्रेजी भाषामा प्रस्तुत गर्न सकिनेछ । प्रस्तावको निर्धारित ढा“चा विश्व बैंकको र्सार्वजनिक सूचना केन्द्र, जिल्ला विकास समिति कार्यालयहरु, नगरपालिका वडा कार्यालयहरु तथा कान्तिपुर पब्लिकेशनका क्षेत्रिय कार्यालयहरुबाट अधिराज्यभर प्राप्त गर्नसकिनेछ ।

२०६१ पुस १७ देखि २०६१ फागुन २० गतेसम्म
प्राप्त प्रस्तावहरुको मुल्यांकन


र्सवप्रथम प्राप्त सबै प्रस्तावहरुले 'द्वन्द्व प्रभावित क्षेत्रहरुमा आधारभूत सेवाहरु पुर्‍याउने मूल विषय मूल मन्त्रलाई प्रतिविम्वित गर्ने गरी तोकिएको ढाँचा र लम्वाई अनुरुप प्राप्त प्रस्तावका अर्न्तर्वस्तुहरुको जाँच तथा छानवीन विश्व बैंकको नेपालस्थित कार्यालयका प्राविधिक सहायकहरुबाट हुनेछ । यसरी प्रारम्भिक जाँचबाट छानिएका प्रस्तावहरुलाई मुल्यांकनका लागि निर्धारित परीक्षण विधि अनुरुप जाँच तथा छानवीन गर्न प्राविधिक परीक्षकहरुलाई सुम्पिइनेछ ।

२०६१ चैत ९ गते
अन्तिम चरणको प्रतियोगितामा प्रवेश गर्ने विजयी प्रस्तावहरुको घोषणा


प्राविधिक परीक्षकहरुको समुहले मुल्यांकन कार्यशाला मार्फ अन्तिम चरणको प्रतियोगितामा सहभागी हुनका लागि सबैभन्दा बढी अंक पाउने करिब ४० वटा प्रस्तावहरुलाई सूचिकृत गर्नेछ ।

२०६१ चैत १० गते देखि २०६२ बैशाख
 ९ गतेसम्म
अन्तिम चरणको प्रतियोगितामा प्रवेश पाएका प्रस्तावहरुबाट विस्तृत प्रस्ताव पेंशगर्ने


अन्तिम चरणको प्रतियोगिताका लागि छानिएका समुहहरुले पहिले प्रस्ताव २ (दुई) पृष्ठको प्रस्तुत प्रस्तावका आधारमा विस्तृत प्रस्ताव पेंशगर्नुपर्नेछ । प्रस्तावको निर्धारित ढाँचा विश्व बैंकको र्सार्वजनिक सूचना केन्द्र, जिल्ला विकास समिति कार्यालयहरु, नगरपालिका वडा कार्यालयहरु तथा कान्तिपुर पब्लिकेशनका क्षेत्रिय कार्यालयहरुबाट अधिराज्यभर प्राप्त गर्नसकिनेछ ।

२०६२ बैशाख २२ गते
राष्ट्रिय प्रतियोगिताको आयोजना तथा विजयीहरुको घोषणा


अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने सबै प्रस्तावकर्ताहरुले ज्ञान मञ्च/प्रर्दशनी मार्फत निर्णायक मण्डल समक्ष र र्सार्वजनिक रुपमा समेत आफ्ना प्रस्तावहरु प्रस्तुत गर्नुपर्नेछ । यस प्रयोजनका लागि निर्णय प्रक्रियाको अन्तिम चरणमा सबैलाई प्रस्तुतिकरणका निमित्त उपयोगी हुने किसिमको ढा“चा, नमूना प्रश्नहरु तथा प्रतिकृतिहरु तयार गरिनेछ । उक्त मञ्चले परस्पर सर्म्पर्क तथा द्वन्द्व प्रभावित क्षेत्रहरुमा सेवाको वितरणका बारे विचार विनिमय गर्न उपयुक्त अवसर प्रदान गर्नेछ । प्रतिस्पर्धी प्रस्तावकर्ताहरुलाई आआफ्ना नवीन प्रस्तावहरु प्रस्तुत गर्न र त्यस बारेमा अभिरुचि राख्नेहरुसँग अन्तरक्रिया गर्न प्रत्येकलाई छुटाछुटै प्रस्तुती कक्ष उपलव्ध गराइनेछ ।

विकासका विभिन्न विधाका अगुवा व्यक्तित्वहरु सम्मिलित निर्णायक मण्डलबाट तोकिएको मुल्यांकन तथा परीक्षणविधि अनुरुप निर्धारित प्रक्रियामा प्रस्तावहरुको मुल्यांकन गरी विजयी प्रस्तावहरु छनोट गरिनेछ । निर्णायक मण्डलले समारोहको अन्त्यमा आफ्नो निर्णय सुनाउनेछ ।








नेपाल विकास बजार के हो ?

नेपाल विकास बजारले कसरी काम गर्दछ ?

प्रस्ताव आव्हान

द्वन्द्व प्रभावित क्षेत्रहरुमा आधारभूत सेवाहरु पुर्‍याउने

सहभागिताका लागि पूर्वयोग्यता

मुल्यांकन तथा परीक्षण विधि

कसरी आवेदन पेंश गर्ने ?








विस्तृत जानकारीको लागि:


सार्वजनिक सूचना केन्द्र
विश्व बैंक, नेपाल
पो.ब.नं. ७९८
हेरिटेज प्लाजा-१
कमलादी, काठमाडौं, नेपाल
फोनः ०१ ४२६८१९५, फ्याक्सः ०१ ४२४९७३१
ईमेलः pic@biswabank.org.np




English Version Home The World Bank Group Poverty Alleviation Fund Nepal Development Marketplace Kantipur Online