सहभागिताका लागि पूर्वयोग्यता
नेपाल विकास बजार कुनै पनि नवीन उपाय आदानप्रदान गर्न इच्छुक सबैका लागि खुला रहनेछ ।
यसमा गैरसरकारी संस्थाहरु (गै.स.स.), कोष तथा संगठनहरु, निजी क्षेत्रस“ग सम्बन्धित समुहहरु,
विश्वविद्यालय तथा विद्यालयहरु, स्थानीय निकाय तथा नगरपालिकाहरु, जन संगठनहरु,
सामुदायिक संघसंस्थाहरु (सा.सं.), प्राज्ञिक प्रतिष्ठानहरु, नागरिक संघसंगठनहरु, सहकारी
संस्थाहरु तथा व्यक्तिहरु सरिक हुन सक्नेछन्। प्रस्तावहरु निम्न लिखित विधि अनुरुप छानिने छन्:
मूलमन्त्र
प्रतियोगितात्मक विकास बजारमा सहभागी हुनका लागि 'द्वन्द्व प्रभावित क्षेत्रहरुमा आधारभूत
सेवाहरु पुर्याउने' मूल विषयलाई समेटेर निम्न लिखित जुनसुकै क्षेत्रहरुमा प्रस्ताव प्रस्तुत गर्न
सकिनेछः
- स्वास्थ्य
- शिक्षा
- खानेपानी तथा सरसफाई
- कृषि, सिञ्चाई तथा खाद्य सुरक्षा
- पुर्वाधार विकास (सडक तथा यातायात)
- उर्जा विकास
- लघु वित्त सहित वित्तीय सेवाहरु
- साना व्यवसाय तथा साना उद्यमी सहयोगकार्यक्रम
- सूचना तथा सञ्चार प्रविधि
सहकार्य
निजी व्यवसायका तर्फाट र व्यक्तिगत रुपमा प्रस्ताव प्रस्तुत गर्नेहरुले र्सार्वजनिक क्षेत्रमा कार्यरत
कुनै पनि गैरसरकारी संस्था/सामुदायिक संस्था (गै.स.स./सा.स.), विकास संस्था, कोष तथा
संगठन, विश्वविद्यालय/विद्यालयहरु वा श्री ५ को सरकारका कुनै एक अ·लाई साझेदार बनाई
परियोजना संचालनमा सहकार्य गर्ने प्रमाण प्रस्तावका साथ पेशगर्नु पर्नेछ ।
कार्यान्वयनको समयावधि
नेपाल विकास बजारबाट पुरस्कार रकमको पहिलो किस्ता प्राप्त गरेको १२ महिनाभित्र प्रस्तावित
परियोजना सम्पन्न भइसक्नु पर्नेछ ।
परिणाम
प्रस्तावमा लक्ष्यित उत्पादन वा परिणाम मापनयोग्य हुनुपर्नेछ र यसले द्वन्द्व प्रभावित इलाकाहरुमा सेवाहरुको वितरणमा प्रत्यक्ष प्रभाव पारेको तथ्य देखिनु पर्नेछ । प्रकाशन, तालीम वा सभा
सम्मेलन / बैठक जस्ता प्रतिफलहरु निक्र्योल गर्ने प्रत्यक्ष आधार नभएका र अन्तिम उत्पादनका रुपमा अनुसन्धानस“ग सम्बद्ध परियाेजनाहरु प्रतियोगितामा सरिक हुन पाउने छैनन्।
अधिकतम पुरस्कार रकम
पुरस्कारको अधिकतम राशी ने.रु. १४ लाख हुनेछ । पुरस्कृत प्रस्तावहरुलाई परियोजनाका लागि प्रस्तावित खर्चको प्रारुप अनुसार पुरस्कार प्रदान गरिने भएकोले पुरस्कार रकम फरक फरक हुन
सक्नेछ।
भाषा
प्रस्तावहरु नेपाली वा अंग्रेजी भाषामा प्रस्तुत गर्न सकिनेछ ।
|
|





विस्तृत जानकारीको लागि:
सार्वजनिक सूचना केन्द्र
विश्व बैंक, नेपाल
पो.ब.नं. ७९८
हेरिटेज प्लाजा-१
कमलादी, काठमाडौं, नेपाल
फोनः ०१ ४२६८१९५, फ्याक्सः ०१ ४२४९७३१
ईमेलः pic@biswabank.org.np
|