Nepal Development Marketplace


प्रस्ताव आव्हान

२०६१ साल कात्तिकको पछिल्लो सातातिर 'प्र स्ताव आव्हान' गरी प्रतियोगितात्मक विकास बजारका प्रारम्भिक चरण आरम्भ हुनेछ । यसरी पेश गरिने प्रस्तावहरु छोटो हुनु पर्दछ र प्रस्तावित परियोजनाको परिचय तथा कार्यान्वयन योजना, प्रस्ताव नौलो तथा सिर्जनशील हुनाको कारण, बजेट व्यवस्थाको प्रारुप एवं सहकार्य गर्ने प्रस्तावित साझेदारहरुका बारेमा प्रस्तावमा जानकारी मुलक विवरण उल्लेखगरिएको हुनुपर्नेछ । तल दिइएका योग्यता पूरा गरेका सबै प्रस्तावहरु २०६१ साल पुस १६ गते शुक्रवारभित्र प्राप्त भइसक्नु पर्नेछ । तत्पश्चात प्राप्त प्रस्तावहरुको मुल्यांकन गरी तीमध्ये ४० वटा प्रस्तावलाई अन्तिम चरणको प्रतिस्पर्धामा सरिक हुनका लागि छनोट गरिनेछ । यसरी छानिएकाहरुलाई २०६१ साल चैत २३ गते मंगलवारभित्र विस्तृत प्रस्ताव पेश गर्न अनुरोध गरिनेछ । विस्तृत प्रस्ताव प्रस्तुत गर्दा परियोजनामा लाग्ने बजेटको विस्तृत विवरण सहित विस्तृत कार्यक्रम वा कार्यान्वयन योजना उल्लेखगर्नु पर्नेछ । यसरी अन्तिम चरणको प्रतियोगितामा सरिक हुन छानिएका प्रस्तावकहरुलाई २०६२ साल बैशाख ३० गते शुक्रबारका दिन काठमाडौंमा आयोजना हुने राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुन आमन्त्रित गरिनेछ ।

प्रस्तावहरुको मुल्यांकनः अन्तिम चरणका लागि प्रतियोगीहरुको छनोट
विकास बजारमा सहभागिताका लागि तोकिएको योग्यता पूरा गर्ने प्रस्तावहरुको मुल्यांकन विशेषज्ञहरुको एक प्राविधिक समुहले गर्नेछ । यसरी प्राप्त भएका प्रस्तावहरुको छनोट तल दिइएको विधिमा तोकिएका योग्यताहरुका आधारमा गरिनेछ । झण्डै ४० वटा प्रस्तावलाई अन्तिम चरणको प्रतिस्पर्धामा सरिक हुनका लागि छनोट गरी विस्तृत कार्ययोजना पेशगर्न र राष्ट्रव्यापी प्रतियोगितामा सरिक हुन आमन्त्रित गरिनेछ ।

अन्तिम चरणका लागि छानिएका प्रस्तावहरुको मुल्यांकनः विजेताहरुको छनोट
अन्तिम चरणको प्रतिस्पर्धाका लागि छानिएका प्रत्येक प्रस्तावको मुल्यांकन विकास बजार प्रतियोगितास्थलमा एक स्वतन्त्र निर्णायक मण्डलले गर्नेछ र त्यसले सहभागी प्रतिस्पर्धी समुहहरुसंग र्सार्वजनिक रुपमा अन्तर्वार्ता लिनेछ । शुक्रवार २०६१ साल चैत २३गते विकास बजारको समापन समारोहका अवसरमा निर्णायक मण्डलबाट २० वटा प्रस्तावलाई प्रतियोगिताको विजयीका रुपमा छनोट गरिनेछ । यसरी विजयी हुने प्रस्तावहरुलाई परियोजना कार्यान्वयनका लागि पुरस्कारस्वरुप रकम प्राप्त हुनेछ ।

ज्ञान मञ्च
विकाससँग आवद्ध विविध पात्रहरुको बृहत् सहभागिताको फाइदा उठाउन विकास बजारले सहभागीहरु बीच परस्पर ज्ञान तथा अनुभवहरु आदानप्रदान गर्नका लागि ज्ञान मञ्च सञ्चालन गर्नेछ । यस मञ्चको बैठकबाट सहभागीहरुलाई सिर्जनात्मक सहकार्य तथा सर्म्पर्क सञ्जाल विकसित गर्न र विकासका उद्यमीहरुले सामना गर्नु परेका चुनौतीहरुका बारेमा छलफल गर्ने अवसर उपलव्ध हुनेछ ।

परियोजना कार्यान्वयन
राष्ट्रव्यापी प्रतियागिताको अन्तिम चरणमा विजयी भएका समुहहरुले कसरी र कहिले पुरस्कार स्वरुप प्राप्त रकम उपयोग गर्ने हो भन्ने बारेको समयसारिणी उल्लेख भएको परियोजना सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्नेछ । विश्व बैंक तथा गरिबी निवारण कोषले परियोजनाहरुको कार्य प्रगतिका साथै परियोजनाहरुलाई आवश्यक परेमा प्राविधिक सहायता उपलव्ध गराउने छन् र प्राप्त शिक्षा तथा अनुभवलाई विकासमा संलग्न व्यापक समुदायमाझ सम्प्रेषण गर्न सघाउ पुर्‍याउने छन्।







नेपाल विकास बजार के हो ?

नेपाल विकास बजारले कसरी काम गर्दछ ?

द्वन्द्व प्रभावित क्षेत्रहरुमा आधारभूत सेवाहरु पुर्‍याउने

सहभागिताका लागि पूर्वयोग्यता

मुल्यांकन तथा परीक्षण विधि

समयावधि तथा प्रतियोगिताका विभिन्न चरणहरु

कसरी आवेदन पेंश गर्ने ?








विस्तृत जानकारीको लागि:


सार्वजनिक सूचना केन्द्र
विश्व बैंक, नेपाल
पो.ब.न.ं ७९८
हेरिटेज प्लाजा-१
कमलादी, काठमाडौं, नेपाल
फोनः ०१ ४२६८१९५, फ्याक्सः ०१ ४२४९७३१
ईमेलः pic@biswabank.org.np




English Version Home The World Bank Group Poverty Alleviation Fund Nepal Development Marketplace Kantipur Online