Nepal Development Marketplace


मुल्यांकन तथा परीक्षण विधि

प्रस्तावहरुको मुल्यांकननिम्न विधि अनुसार गरिनेछ।

सिर्जनशीलता
प्रस्तावित परियोजनामा आधारभूत सेवाहरु पुर्‍याउने काममा देखापर्ने चुनौतीहरुलाई प्रचलित तौरतरिकाभन्दा भिन्नै नौलो अवधारणा अनुरुप संबोधन गरिने कुरा परिलक्ष्यित हुनुपर्नेछ । विद्यमान प्रयासहरुमा विस्तार गर्ने उद्देश्य राख्ने प्रस्तावहरु प्रतियोगितामा सामेल हुनसक्ने भए पनि प्रस्तावित परियोजनाको प्रारुप वा कार्यान्वयनका तरिका विद्यमान वा चालु परियोजनाको भन्दा मौलिक रुपमा नै नौलो हुनुपर्नेछ ।

सहकार्य
प्रस्तावित परियोजनाले सहकार्यलाई स्थापित गर्न सघाउ पुर्‍याउनु पर्नेछ । यसको अर्थ प्रस्तावित परियोजनामा सरकारका निकायहरु, स्थानीय निकाय तथा नगरपालिकाहरु, सामुदायिक समुहहरु, दाताहरु, शैक्षिक/प्राज्ञिक प्रतिष्ठानहरु, निजी क्षेत्र र नागरिक समाजस“ग सम्बद्ध संगठन जस्ता विभिन्न संघसंस्था वा हिस्सेदारहरुलाई अनिवार्य रुपमा साझेदारका रुपमा संलग्न गराइनु पर्नेछ ।

स्थायित्व
पुरस्कार स्वरुप प्राप्त अनुदान रकम प्राप्त हुन छोडेपछि परियोजनाको संचालन निरन्तर रुपमा जारी राखी कसरी त्यसबाट उपलव्धी हासील भइरहने हो सो कुरा प्रस्तावमाखुल्नु पर्नेछ ।

अनुकरणीय हुनुपर्ने
प्रस्तावित परियोजनाहरुलाई देशका अन्य भागहरुमा अनुकरण गरी अपनाउन सकिने विशेषता हुनुपर्नेछ । समान किसिमको अवस्था रहेका ठाउ“हरुमा परियोजना सम्बन्धी उपायहरुलाई अन्य संघसंगठनहरुले चाहेमा कार्यान्वयन गर्नसक्ने खालको हुनु अनिवार्य छ ।

प्रभावकारिता
प्रस्तावित परियोजनाले १२ महिनाको अवधिभित्रै लक्ष्यितवर्गलाई भौतिक लाभ पुर्‍याउन सक्ने क्षमता देखाउन सक्नुपर्नेछ । यस्तो परियोजना महत्वाकांक्षी देखिए पनि उपलव्ध रकम तथा कार्यान्वयनको छोटो समयावधिलाई दृष्टिगत राखी वास्तविकतामा आधारित हुनुपर्नेछ ।

मितव्ययिता
परियोजनामा उपलव्ध अनुदानलाई प्रभावकारी तरिकाले उपयोगगर्ने उपायहरु प्रस्तावित गरिनुका साथै परियोजनाको प्रक्ष्येपित प्रतिफल पुरस्कारस्वरुप प्राप्त हुने अनुदान रकमको आकार अनुरुपको हुनुपर्नेछ।








नेपाल विकास बजार के हो ?

नेपाल विकास बजारले कसरी काम गर्दछ ?

प्रस्ताव आव्हान

द्वन्द्व प्रभावित क्षेत्रहरुमा आधारभूत सेवाहरु पुर्‍याउने

सहभागिताका लागि पूर्वयोग्यता

समयावधि तथा प्रतियोगिताका विभिन्न चरणहरु

कसरी आवेदन पेंश गर्ने ?








विस्तृत जानकारीको लागि:


सार्वजनिक सूचना केन्द्र
विश्व बैंक, नेपाल
पो.ब.नं. ७९८
हेरिटेज प्लाजा-१
कमलादी, काठमाडौं, नेपाल
फोनः ०१ ४२६८१९५, फ्याक्सः ०१ ४२४९७३१
ईमेलः pic@biswabank.org.np




English Version Home The World Bank Group Poverty Alleviation Fund Nepal Development Marketplace Kantipur Online