o
Nepal Development Marketplace


नेपाल विकास बजार के हो ?

विकास बजार वित्तीय सहयोग सम्बन्धी यस्तो कार्यक्रम हो जसले स्थापित उपायहरु भन्दा पृथक रुपमाखुला, पारदर्शी तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट कर्मचारीतन्त्रको न्युनतम प्रभाव तथा कमभन्दा कम लागतमा समस्या समाधानका उपायहरुको खोजी गर्दछ । नवीन उपाय, दक्षता तथा
स्रोतहरु सम्बन्धी प्रतियोगितात्मक प्रर्दशनी मार्फ आर्थिक वृद्धि तथा गरिबी निवारणका चुनौतीहरुलाई संवोधन गर्नु विकास बजारको लक्ष्य रहेको छ ।

द्वन्द्व प्रभावित ग्रामीण इलाकाहरुमा के कसरी आधारभूत सेवाहरु पुर्‍याउन सकिन्छ भन्ने बारेमा नवीन सोँचाई तथा सिर्जनशील उपायहरु प्रवर्द्धन गर्ने प्रयासस्वरुप विश्व बैंकले गरिबी निवारण कोष तथा अन्यकेही प्रायोजकहरुको सहकार्यमा आगामी २०६२ सालको बैशाख/जेठ तिर नेपालमा पहिलो पटक विकास बजारको आयोजना गर्दैछ ।

यस कार्यक्रमका दुइटा पक्ष रहेका छन्: (क) सिर्जनात्मक नवीन सोँचाईको प्रवर्द्धन गर्दै नेपालका द्वन्द्व प्रभावित इलाकाहरुमा आधारभूत सेवा प्रदान गर्ने कार्यमा नयाँ उपायहरुको प्रयोग तथा परीक्षण गर्नु र (ख) आधारभूत सेवाहरु उपलव्ध गराउने कार्यमा सहकार्यको सँस्कार प्रवर्द्धन गर्नु ।







नेपाल विकास बजारले कसरी काम गर्दछ ?

प्रस्ताव आव्हान

द्वन्द्व प्रभावित क्षेत्रहरुमा आधारभूत सेवाहरु पुर्‍याउने

सहभागिताका लागि पूर्वयोग्यता

मुल्यांकन तथा परीक्षण विधि

समयावधि तथा प्रतियोगिताका विभिन्न चरणहरु

कसरी आवेदन पेंश गर्ने ?








विस्तृत जानकारीको लागि:


सार्वजनिक सूचना केन्द्र
विश्व बैंक, नेपाल
पो.ब.नं. ७९८
हेरिटेज प्लाजा-१
कमलादी, काठमाडौं, नेपाल
फोनः ०१ ४२६८१९५, फ्याक्सः ०१ ४२४९७३१
ईमेलः pic@biswabank.org.np




English Version Home The World Bank Group Poverty Alleviation Fund Nepal Development Marketplace Kantipur Online